साफ महिला च्याम्पियनसिप

नेपालको सम्भावित ११ः दीपा र अमिषाको ‘डेब्यु’ सम्भावना

काठमाडौं । साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा आज (मंगलबार) नेपालले भुटानको सामना गर्दैछ ।

दशरथ रंगशालाम हुने उद्घाटन खेल साँझ ५ः४५ बजेदेखि सुरु हुनेछ ।

भुटानसँगको सम्भावित ११ को कुरा गर्दा नेपाली टिमबाट दीपा शाही र अमिषा कार्कीले ‘डेब्यु’ गर्न सक्ने सम्भावना देखिन्छ । नेपाली टिमको गोलपोष्ट कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले नै सम्हाल्दा फरवार्ड लाइनमा सावित्रा भन्डारीलाई ‘डेब्युट्यान्ट’ अमिषाले साथ दिन सक्नेछिन् ।

रक्षापङ्तिमा पुनम जर्घामगर र गीता रानाको जोडीलाई लेफ्टमा अमृता जैसी र राइटमा हिराकुमारी भुजेलले साथ दिन सक्नेछन् ।

यस्तै, सेन्टर मिडमा ‘डेब्युट्यान्ट’ दीपासँगै सरु लिम्बुले पहिलो टिममा सुरुआत गर्न सक्नेछन् । सेन्टर मिडमा प्रिती राईले पनि पहिलो रोजाईमा स्थान बनाउन सक्ने सम्भावना छ । सेन्टरमा मिडलाई लेफ्टमा अनिता बस्नेत र राइटमा मन्जलीकुमारी योञ्जनले साथ दिन सक्नेछन् ।

नेपाली टिमको सम्भावित ११ः

गोलकिपरः एन्जिला तुम्बाप्पो सुब्बा

रक्षकः पुनम जर्घामगर, गीता राना, हिराकुमारी भुजेल, अमृता जैसी

मिडफिल्डरः दीपा शाही, सरु लिम्बु, अनिता बस्नेत, मञ्जलीकुमारी योञ्जन

फरवार्डः अमिषा कार्की, सावित्रा भन्डारी