युएस ओपन

युएस ओपनः सेरेनाकी प्रतिद्धन्द्धी कोभिनिच

न्युयोर्क । २३ पटककी ग्रान्ड स्लाम विजेता सेरेना विलियम्सले युएस ओपनको पहिलो चरणमा डंका कोभिनिचको सामना गर्ने भएकी छिन् । 

सेरेनाले यस पटकको युएस ओपन आफ्ना लागि अन्तिम हुने बताइसकेकी छिन् । उनले ६ पटक युएस ओपनको उपाधि जितेकी छिन् भने चार पटक फाइनलमा निराश भएकी छिन् । सेरेनाले आफू संन्यासको संघारमा रहेको बताइसकेकी छिन् ।

सेरेनाले सन् १९९९ मा १७ वर्षको उमेरमा पहिलो पटक युएस ओपनको उपाधि जितेकी थिइन ।

सेरेना र कोभिनिचबीचको विजेताले दोस्रो चरणमा एनिट कोन्टाभिट र ज्याक्लिन एडिना क्रिस्टेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

साविक विजेता इमा राडुकानुले भने पहिलो चरणमा फ्रान्सकी एलिज कोर्नेटको सामना गर्नेछिन् । विश्व नम्बर एक इगा स्वाटेकले भने जस्माइन पाउलिनीसँग प्रतिस्पर्धा गर्नेछिन् ।

पुरुषतर्फ भने साविकका विजेता ड्यानियल मेडभेडेभले अमेरिकाका स्टेफन कोजलभको समना गर्दा राफेल नाडालले भने अस्ट्रेलियाका रिंके हजिक्टासँग प्रतिस्पर्धा गर्नेछन् ।

कोभिड १९ विरुद्धको खोप नलगाएका कारण नोभाक जोकोभिच भने यस पटक प्रतियोगितामा सहभागी हुने छैनन् ।