बलोन डी अर

बेन्जेमा युइएफए वर्ष खेलाडी

इस्तानबुल । रियाल मड्रिडका फ्रान्सेली स्ट्राइकर करिम बेन्जेमा २०२१-२२ सिजनको युइएफए पुरुष वर्ष खेलाडी घोषित भएका छन् ।

वर्ष खेलाडीको अवार्ड जित्ने क्रममा बेन्जेमाले रियालकै गोलकिपर थिबाउट कोर्टोइस र म्यानचेस्टर सिटीका केभिड डी ब्रुर्यनालाई पछि पारेका थिए ।

युइएफए वर्ष खेलाडी घोषित भएका बेन्जेमालाई यस पटक ‘बलोन डी अर’ को पनि मुख्य दाबेदारको रुपमा हेरिएको छ ।

बेन्जेमा गत सिजन स्पेनिस ला लिगा र च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता रहेका थिए । उनले रियालबाट गत सिजन सबै खाले प्रतियोगिता गरि ४६ खेलमा ४४ गोल गरेका थिए । ला लिगाको ३२ खेलमा २७ गोल गरेको बेन्जेमाले च्याम्पियन्स लिगमा भने १२ खेलमा १५ गोल गरेका थिए ।

रियालका प्रशिक्षक कार्लो एन्सेलोट्टीले सिटीका प्रशिक्षक पेप ग्वार्डिओला र लिभरपुलका प्रशिक्षक योर्गान क्लोपलाई पछि पार्दै वर्ष प्रशिक्षकको अवार्ड जिते ।

‘बलोन डी अर’ विजेताको घोषणा अक्टोबर १७ मा हुनेछ ।