युरोपियन च्याम्पियन्स लिग

च्याम्पियन्स लिगः इङलिस टोली सहज समूहमा

पेरिस । च्याम्पियन्स लिगको समूह चरणको ड्र सार्वजनिक हुँदा इङलिस प्रिमियर लिगका टोलीले भने सहजै नकआउट चरणमा प्रवेश गर्ने सम्भावना देखिएको छ ।

साविकको विजेता रियाल मड्रिड सहज समूहमा परेको छ । समूह ‘एफ’ मा रहेको रियालले आरबी लाइपजिग, सख्तर डोनेक्ट्स र सेल्टिकसँग प्रतिस्पर्धा गर्नेछ । सेल्टिक सन् २०१७–१८ सिजन पछि पहिलो पटक च्याम्पियन्स लिगमा छनोट भएको हो ।

इङलिस प्रिमियर लिगको साविकको विजेता म्यानचेस्टर सिटीका साथै लिभरपुल, टोटनहम र चेल्सीले सहजै समूह चरण पार गर्ने अनुमान गरिएको छ । 

गत सिजनको उपविजेता लिभरपुलले समूह ‘ए’ मा आयाक्स, रेन्जर्स र नेपोलीसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ मा एट्लेटिको मड्रिड, एफसी पोर्टो, बायर लेभरकुसन र क्लब ब्रुज रहेका छन् । 

समूह ‘सी; मा बायर्न म्युनिखले बार्सिलोनाको सामना गर्नेछ । बायर्नका स्ट्राइकर रोबर्ट लेवान्डोवस्की यसै सिजन क्याम्प नोउ पुगेका थिए । समूह ’सी' को खेलसँगै लेवान्डोवस्की पूर्वक्लबविरुद्ध मैदान उत्रनेछन् । यसै समूहमा इन्टर मिलान र भिक्टोरिया पेल्जेन पनि रहेका छन् ।

समूह ‘डी ’मा  टोटनहमले स्पोर्टिङ लिस्बन, मार्सेली र फ्रयांकफर्टसँग प्रतिस्पर्धा गर्नेछ भने समूह ‘इ’ मा चेल्सीले एसी मिलान, डिनामो जागरेभ र एफसी साल्जबर्गसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘जी’ मा सिटीले सेभिया, बोरुसिया डर्टमन्ड र एफसी कोपनहेगनसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘एच’ मा भने पेरिस सेन्ट जर्मन(पिएसजी)ले युभेन्टस,बेन्फिका र मक्काबी हैफासँग प्रतिस्पर्धा गर्नेछ ।

समूह चरणका खेलहरु सेप्टेम्बर ६ बाट सुरु हुदैछ ।