वैशाख ३०, २०८२ मंगलबार | १०:१५:०३
समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास समूह विजेता बन्ने लक्ष्यमा नेपाल हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास

७३–३ को गोलअन्तर इतिहासमा ‘ड्रागन लेडिज’

काठमाडौं । महिला फुटबलको इतिहास अन्तर्राष्ट्रिय स्तरमै धेरै लामो छैन । दक्षिण एसियामा त झनै छोटो छ । श्रीलंका, पाकिस्तानलगायत मुलुकसँगै भुटानले पनि सन् २०१० मा मात्रै महिला फुटबल टिम बनाएको हो ।

भुटानले तीन दशकअघि नै पुरुष फुटबल टिम बनाइसकेको थियो । तर, महिला फुटबल टिम बनाउने ट्रेन्ड सन् २००० पछि मात्रै दक्षिण एसियामा चल्यो । तर, नेपाल, भारत, माल्दिभ्स र बंगलादेशले भने त्यसअघि नै फुटबल टिम निर्माण गरिसकेका थिए ।

सन ७० को दशकमै भुटानमा ‘फुटबल कल्चर’ सुरु भएको इतिहास भेटिन्छ । त्यतिबेला ‘ड्रुक ११’को रूपमा मैदानमा उत्रने गरेको भुटानले ८० को दशकमा मात्रै आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेल्न थालेको थियो । महिलाको हकमा भने राष्ट्रिय टिम नै निर्माण गरेर भुटानले २०१० मा मात्रै आधिकारिक प्रतियोगिता खेलेको थियो । ड्रागन लेडिजको नामले परिचित भुटानीले महिला टिमले महिला साफ च्याम्पियनसिप सुरुदेखि खेलेको हो ।

भुटानी महिला फुटबल टिमको इतिहास

डिसेम्बर ६, २०१० मा बंगलादेशसँग भुटानी राष्ट्रिय महिला टिमले पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । बंगलादेशको राजधानी ढाकामा सम्पन्न उक्त खेलमा पाहुना टिम भुटानले घरेलु टोलीलाई ७-० को नतिजा सुम्पिएको थियो ।

२०१० मा बंगलादेशको कक्स बजारमा सम्पन्न साफ महिला च्याम्पियनसिपमा भुटानले भारतलाई १८-० को नतिजा सुम्पिएको थियो । जुन भुटानका लागि अहिलेसम्मकै ठूलो हार हो ।

आफ्नै भूमि थिम्पुमा २०१९ मा भएको मैत्रीपूर्ण खेलमा भुटानले श्रीलंकामाथि १-०को विजय नतिजा निकालेको थियो । जुन अन्तर्राष्ट्रिय आधिकारिक प्रतियोगितामा भुटानी टिमले पाएको सबैभन्दा ठूलो सफलता हो ।

महिला फुटबल टिमभन्दा करिब तीन दशकअघिदेखि खेल्न सुरु गरेको पुरुष टिमले २०१९ मा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक फाइनल यात्रा तय गरेको थियो । त्यो फाइनल भुटानले नेपालविरुद्ध खेलेको थियो । यु-२३ अन्तर्गत भएको फाइनल भुटानले २-१ ले गुमाएको थियो ।

२०१९ को डिसेम्बरमा साग सुरु हुनुअघि भुटानी पुरुष टिमका कप्तान छेन्चो ग्याल्चेनले भुटान अन्डर डग टिम रहेको बताएका थिए । ‘सागमा भुटान अहिलेसम्म अन्डर डग’ रहँदै आएकोे छ,’ छेन्चोले त्यतिबेला भनेका थिए, ‘अन्डर डग टिम सधैं ठूलो आशा लिएर आउँछ ।’

करिब तीन वर्षअघि पुरुष टिमका कप्तान छेन्चोले भनेझैं अहिले महिला टिम पनि ऐतिहासिक सफलताको आस लिएर महिला साफ च्याम्पियनसिप खेल्न काठमाडौं ओर्लिसकेको छ ।

महिला साफ च्याम्पियनसिपको पहिलो संस्करणबाटै सहभागिता जनाएको भुटान समूह चरणभन्दा अगाडि पुग्न सकेको इतिहास छैन ।

२०१० को पहिलो सहभागितामा भारतसँग १८-० को हार बेहोरेको भुटानले बंगलादेशसँगको खेल ९-० ले गुमाएको थियो । त्यसपछि श्रीलंकासँग १-१ को बराबरी खेल्नु भुटानको महत्त्वपूर्ण उपलब्धि थियो । त्यो बराबरीको उपलब्धिसम्म कायम छ । 

दोस्रो संस्करण २०१२ मा श्रीलंका र बंगलादेशसँग कम अन्तरमा पराजित भुटानले भारतसँग भने ११-० कै हार बेहोरेको थियो । जबकि श्रीलंकासँग ४-० र बंगलादेशसँग १-० को हार बेहोरेको थियो ।

पाकिस्तानमा भएको तेस्रो संस्करण २०१४ को समूह चरणमा नेपालसँग ४-०, श्रीलंकासँग ३-० र पाकिस्तानसँग ४-१ को नतिजा सुम्पिएर भुटानी टिम घर फर्केको थियो ।

भारतमा आयोजना भएको चौथो संस्करण २०१६ मा नेपालसँग ८-०, श्रीलंकासँग २-० र माल्दिभ्ससँग ३-१ ले हारेको भुटान नेपालमा भएको पाँचौं संस्करण २०१९ मा समूह चरण पार गर्न सकेन । चार राष्ट्रमा मात्र रहेको समूह रहँदा भुटानले आयोजक नेपालसँग ३-० र बंगलादेशसँग २-० ले नतिजामा सुम्पिँदै घर फर्कियो ।

छैटौं संस्करण आइपुग्दा समूह चरणका १४ खेल खेलेको भुटानले ७३ गोल बेहोर्दा ३ गोल गर्न सफल भएको छ ।

अर्को साता (मंगलबार) प्रतियोगिताको उद्घाटन खेलमा भुटानले आयोजक नेपालसँग प्रतिस्पर्धा गर्दै छैटौं संस्करणको यात्रा थाल्नेछ । छैटौं संस्करणसम्म आइपुग्दा हेड टु हेडमा नेपालभन्दा भुटान ३-० ले पछाडि छ ।

प्रतियोगिता सुरु हुन साता दिन बाँकीमै हुँदा भुटानी २३ सदस्यीय महिला टिम बिहीबार नेपाल आइपुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि भुटानी टिमकी कप्तान पेमा छिरिङले यसपलट अनुभवी खेलाडी भएकाले टिम राम्रो रहेको बताएकी छन् ।

‘प्रतियोगिता खेल्न आएको टिमले खेलाडी पहिल्यै परीक्षण गरेको हुन्छ । हाम्रो टिम राम्रो बनेको छ,’ कप्तान पेमाले भनिन्, ‘आयोजक नेपालसँग पहिलो खेल खेल्दै छौं । त्यो खेल नै हाम्रो मुख्य चुनौती हो । त्यसमा नै विशेष ध्यान दिएका छौं । हामी राम्रो नतिजा निकाल्न प्रयासरत रहन्छौं ।’

भुटानी टिममा उमेर समूहबाट खेल्दै राष्ट्रिय टिमसम्म आइपुगेका अनुभवी खेलाडी भएको उनले प्रस्ट्याइन् ।

‘निरन्तर प्रतियोगिता खेलिरहेका राम्रा र अनुभवी खेलाडी भएकाले राम्रो नतिजा निकाल्नेमा आशावादी छु,’ उनले भनिन्, ‘टिम युवा भए पनि अनुभवका कारण त्यसबाट नकारात्मक असर नपर्नेमा म विश्वस्त छु ।’

भुटानकी मुख्य प्रशिक्षक हङ क्युङ सुकले साफ च्याम्पियनसिपका लागि आफूहरूको तयारी राम्रो भएको बताएकी छन् । ‘हाम्रो तयारी राम्रो छ,’ उनले भनिन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP