युएस ओपन

जोकोभिचले युएस ओपन गुमाउन सक्ने

लन्डन । २१औं पटकका ग्रान्ड स्लाम विजेता नोभाक जोकोभिचले युएस ओपन गुमाउने प्रबल सम्भावना देखिएको छ ।

न्यूयोर्कमा आयोजना हुने प्रतियोगितामा कोभिड १९ संक्रमणविरुद्धको खोप नलगाएका खेलाडीले प्रतिस्पर्धा गर्न नपाउने आयोजकले बताएको थियो ।  जसका कारण जोकोभिचले प्रतियोगिता खेल्ने सम्भावना न्युन बनेको छ । 

कोभिड १९ संक्रमणविरुद्धको खोप नलगाएकै कारण जोकोभिचले गत वर्ष अस्ट्रेलियन ओपन गुमाएका थिए । 

अमेरिकी सरकारले आफ्नाो देशमा प्रवेश गर्ने विदेशी नागरिकका लागि खोप अनिर्वाय गरेको र आफुहरु सामु सरकारको निर्णयको पालना गर्नु बाहेकको विकल्प नभएको युएस ओपनका आयोजकले जनाएका छन् । युएस ओपन अगस्ट १९ देखि सेप्टेम्बर ११ सम्म सञ्चालन हुनेछ ।

‘सुखद खबरको आउने पर्खाइमा छु,’ ३५ वर्षीय विम्बल्डन च्याम्पियन जोकोभिचले भनेका थिए । 

जोकोचिले केही साता अघि फ्रेन्च ओपनको उपाधि जितेका थिए । जुन उनको २१ औं ग्रान्ड स्लाम उपाधि हो । उनी राफेल नाडालको नाममा रहेको २२औं ग्रान्ड स्लामको कीर्तिमान बराबरी गर्न चाहन्छन् ।