इङ्लिस प्रिमियर लिग

ह्यारिसनलाई अनुबन्ध गर्ने तयारीमा न्युक्यासल

लन्डन । न्यूक्यासल युनाइटेडले लिड्स युनाइटेडका विंगर ज्याक ह्यारिसनलाई अनुबन्ध गर्ने तयारी गरेको छ । 

२५ वर्षीय विगंरलाई न्यूक्यासलले २४ मिलियन डलरमा अनुबन्ध गर्ने तयारी गरेको हो । ह्यारिसनले गत सिजन इङ्लिस प्रिमियर लिगमा लिड्सलाई रेलिगेसनबाट बचाउन महत्वपूर्ण भूमिका खेलेका थिए । 

ह्यारीसनको गोलमा ब्रेन्टफोर्डलाई  २-१ ले हराउँदै लिड्सले रेलिगेशनको संकट टारेको थियो ।

लिड्सले केल्भिन फिलिप्सलाई म्यानचेस्टर सिटी र राफिन्हालाई बार्सिलोनामा बेचेपछि ह्यारिसनलाई पनि बेच्ने इच्छा देखाएको थियो । 

तर उनलाई अनुबन्ध गर्न अन्य क्लबले पनि इच्छा देखाएका छन् । जसका कारण न्युक्यासलका प्रशिक्षक  इडी होउ भने चिन्तित देखिएका छन् ।