विम्बल्डन

राइबाकिना विम्बल्डन च्याम्पियन बनेसँगै टेनिसको विश्व नक्सामा काजकिस्तान

लन्डन । इलिना राइबाकिनाले शनिबार विम्बल्डनमा एउटा इतिहास रचिन्, जसकालागि उनले एक घण्टा ४८ मिनेट खर्चिइन् ।

उनी ग्रान्ड स्लाम उपाधि जित्ने काजकिस्तानको पहिलो खेलाडी बन्न सफल भइन् । विम्बल्डन फाइनल उनका लागि खेलजीवनकै पहिलो ग्रान्ड स्लामको फाइनल थियो । त्यसो त उनको प्रतिद्वन्द्वी ट्युनेसियाकी ओन्स जाबेरका लागि पनि यो पहिलो ग्रान्ड स्लाम फाइनल थियो ।

राइबाकिनाले फाइनल सम्मको यात्रा तय गर्ने र उपाधि नै जित्नेछिन् भन्ने सायदै कसैले प्रतियोगिताको पूर्वसन्ध्यामा कल्पना गरेका थिएन होलान् । फाइनल प्रवेश गरिसकेपछि पछि राइबाकिना भन्दा उनकी प्रतिद्वन्द्वी जाबेरलाई उपाधि दाबेदार मानिएको थियो ।

जाबेरमाथि ३-६,६-२,६-२ को जितले रायबाकिनाको नाम विम्बल्डन विजेताको रुपमा सदाका लागि रहनेछ ।

राइबाकिनाले फाइनल सम्मको यात्रा तय गर्ने र उपाधि नै जित्नेछिन् भन्ने सायदै कसैले प्रतियोगिताको पूर्वसन्ध्यामा कल्पना गरेका थिएन होलान् । फाइनल प्रवेश गरिसकेपछि पछि राइबाकिना भन्दा उनकी प्रतिद्वन्द्वी जाबेरलाई उपाधि दाबेदार मानिएको थियो ।

जाबेर सामु अर्को इतिहास रच्ने अवसर थियो । ग्रान्ड स्लामको फाइनल प्रवेश गर्ने पहिलो अरबी खेलाडी बन्दै जाबेरले इतिहास रचिसकेकी थिइन् । त्यस्तै ग्रान्ड स्लामको फाइनलमा प्रवेश गर्ने उनी पहिलो अफ्रिकी खेलाडी समेत बनिन् । तर जाबरले रायबाकिनाको चुनौती पन्छ्याउन सकिनन् ।

सन् २०११ मा पेट्रा केभिटोवापछि विम्बल्डनको उपाधि जित्ने राइबिनाका सबै भन्दा कान्छी खेलाडी हुन् । जाबेरमाथिको जितपछि रायबाकिनाको खुशीयालीमा कुनै तडक भडक थिएन । उनले मन्द मुस्कानसहित आफ्नो पहिलो ग्रान्ड स्लाम उपाधिको खुशी मनाइन् ।

उनले खेल सकिएको केही समयपछि मात्र कोर्टबाट दर्शकदिर्घामा गएर आफ्नो खुशी साटेकी थिइन् ।

राइबाकिनाको जन्म मस्कोमा भएको थियो । उनका बुबा आमा रुसी नागरिक थिए । तर, उनले सन् २०१८ मा भने काजकिस्तानबाट खेल्ने निर्णय लिइन् । उनले काजकिस्तानबाट फेड कप खेल्नुका साथै ओलम्पिकमा पनि काजकिस्तानको प्रतिनिधित्व गरेकी छिन् ।

जब उनी काजकिस्तान फर्कने छिन्, उनको भव्य स्वागत हुनेछ र उनलाई नचिन्ने अब त्यहाँ विरलै मात्र भेटिनेछन् ।

पक्कै पनि, राइबाकिनाका प्रशिक्षक स्टेफानो भुकोभले भने, ‘आशा छ उनी काजकिस्तानमा मात्र नभइ, विश्वभर चिनिनेछिन् । उनले आफ्नो क्षमता प्रमाणति गरिसकेकी छिन् । अब विश्वभरका मानिसले उनलाई सहजै चिन्नेछन् ।’

युक्रेनमाथिको युद्धसँगै यस पटक अल इङल्यान्ड क्लबमा रुस र बेलारुसका खेलाडीमाथि प्र्रतिबन्ध लगाइएको थियो । त्यसकारण पनि राइबाकिनामाथि रुसी समर्थकले कोर्टमा चर्को नारा लगाउने अनुमान गरिएको थियो । तर, त्यस्तो घटना भने घटेन । सबै समर्थकले उनलाई न्यानो साथ दिए ।

‘रुसले युक्रेनमाथि गरेको एकतर्फी हमला गरेका कारण प्रतियोगिता अबधिभर हामीलाई त्यसको प्रभाव पर्छ कि भन्ने डर थियो,’ उनले भने, ‘तर, त्यस्तै केही भएन । यो विश्वको अहिलेको सबै भन्दा ठूलो घटना मध्येको एक हो । सबै युद्ध रोकिएको हेर्न चाहन्छन् । आशा छ स्थिति विस्तारै सामान्य बन्नेछ ।’

भुकोभले युक्रेनमाथिको रुसको एकतर्फी हमलाका कारण सबै त्यसबाट प्रभावित भए पनि राइबाकिनाले कुनै दबाबको महसुस नगरेको दाबी गरे ।

‘रुसले युक्रेनमाथि गरेको एकतर्फी हमला गरेका कारण प्रतियोगिता अबधिभर हामीलाई त्यसको प्रभाव पर्छ कि भन्ने डर थियो,’ उनले भने, ‘तर, त्यस्तै केही भएन । यो विश्वको अहिलेको सबै भन्दा ठूलो घटना मध्येको एक हो । सबै युद्ध रोकिएको हेर्न चाहन्छन् । आशा छ स्थिति विस्तारै सामान्य बन्नेछ ।’

पूर्व विश्न नम्बर एक किम किस्टरले राइबाकिनाको जितले थोरै मात्र टेनिसको चर्चा रहने काजकिस्तानमा यस खेलले व्यापक चर्चा बटुल्ने आशा व्यक्त गरेकी छिन् ।

यता भुकोभ भने राइबाकिना काजकिस्तानमा टेनिसकी सद्भाव दूत बन्नेमा कुने दुबिधा नरहेको बताउँछन् ।

‘काजकिस्तानमा धेरै सुबिधा छ, अब अन्तर्राष्ट्रिय स्तरका धेरै प्रतियोगिताहरु पनि हुनेछन्,’ उनले भने,  ‘यो नतिजाले यो खेलको विकास थप सहज बनाइदिएको छ । राइबाकिनाको जितले इतिहास रचिएको छ । उनी धेरैका लागि प्रेरणाको स्रोत बन्नेछिन् ।’

विम्बल्डनमा पाएको सफलातकै कारण उनले वरीयता सुधारमा धेरै अंक पाउँदिनन् । तर, पहिलो ग्रान्ड स्लामको खुशीयाली भने जीवनभर रहिरहनेछ । जुन उनका लागि खास छ ।