राफेल नाडाल

विम्बल्डनः नाडालको सेमिफाइनल खेल्ने सम्भावना अनिश्चित

लन्डन । निकै रोमाञ्चक खेलमा टेलर फ्रिट्जमाथि ३–२ को सेटमा जित निकाल्दै सेमिफाइनलको टिकट काटेका राफेल नाडालले पेटको चोटका कारण सेमिफाइनल खेल्ने सम्भावना अनिश्चित रहेको बताएका छन् ।

बुधबार भएको खेलमा फ्रिट्जमाथि नाडालले फ्रिट्जलाई ३–६ ७–५ ३–६ ७–५ ७–६ (१०–४) को जित निकालेको थिए । ३६ वर्षीय नाडाल प्रतियोगिताका दौरान फिटनेसका लागि निकै संघर्ष गरिरहेका छन् । यद्यपि, अस्ट्रेलियन र फ्रेन्च ओपनका विजेता नाडालले हालसम्म वर्षको तेस्रो ग्रान्डस्लाम जित्ने सम्भावनालाई कायम राखेका छन् ।

‘मलाई (खेल्न सक्छु कि सक्दिँन) थाहा छैन । मैले अझै धेरै परिक्षण गर्न बाँकी छ । तर, अब के हुन्छ भन्न निकै गाह्रो छ,’ नाडालले भने, ‘पछिल्लो केही दिनयता म सक्छु कि सक्दिन भन्ने दोधारमा छु । र, आज मेरा लागि सबैभन्दा खराव दिन बन्यो । अहिले दुखाई निकै बढिरहेको छ ।’