विम्बल्डन

जोकोभिचलाई चुनौती दिन नोरी तयार

लन्डन । क्यारुन नोरीले विम्बल्डनको सेमिफाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिचलाई कठिन चुनौती दिन तयार रहेको बताएका छन् ।

नोरीले विश्व नम्बर ५८ का डेविड गोफिनमाथि ३-६,७-५,२-६,६-३,७-५ को जितसहित पहिलो पटक ग्रान्ड स्लामको सेमिफाइनलमा स्थान बनाएका थिए ।

रोजर टेलर, टिम हेम्यान र एन्डी मरेपछि विम्बल्डनको सेमिफाइनल प्रवेश गर्ने पहिलो खेलाडी हुन् ।

जोकोभिच यानिक सिनरमाथि पुनरागमनमा ५-७,२-६,६-३,६-२,६-२ को जित सहित ११ औं पटक विम्बल्डनको सेमिफाइनल प्रवेश गरेका थिए । विम्बल्डनमा उनको यो लगातार २६औं जित हो । उनी २१औं ग्रान्ड स्लामको खोजीमा छन् ।

‘जोकोभिचसँग खेल्न पाउनु मेरा लागि विशेष अवसर हो’, नोरीले भने, ‘म पहिलो पटक ग्रान्ड स्लामको सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछु । आशा छ म उनलाई कठिन चुनौती दिन तयार छु ।’