सित्सिपस

विम्बल्डन: विश्व नम्बर चार सित्सिपस तेस्रो चरणमा

लन्डन । विश्व नम्बर चार स्टेफानो सित्सिपस चार वर्षपछि विम्बल्डनको तेस्रो चरणमा प्रवेश गरेका छन् । बिहीबार भएको दोस्रो चरणको खेलमा अस्ट्रेलियन खेलाडी जोर्डन थम्प्सनलाई ६–२ ६–३ ७–५ को सोझो सेटमा पराजित गर्दै सित्सिपस २०१८ पछि पहिलो पटक विम्बल्डनको तेस्रो चरणमा पुगेका हुन् ।

सन् २०१७ को फ्रेन्च ओपनबाट ग्रान्डस्लाममा डेब्यू गरेका सित्सिपस १८ मा विम्बल्डनको चौथो चरणसम्म पुगेका थिए ।

प्रि–क्वार्टरफाइनल प्रवेशका लागि सित्सिपसले अब अस्ट्रेलियन खेलाडी निक किर्गियोससँग खेल्नेछन् । किर्गियोस सर्बियन खेलाडी फिलिप क्राजिनोभिचलाई सोझो सेटमा पराजित गर्दै तेस्रो चरणमा आइपुगेका हुन् ।

बिहीबार नै भएको दोस्रो चरणको खेलमा लियाम ब्रोडीसँग ३–२ सेटमा पराजित हुँदै डिएगो स्वार्ट्जम्यान विम्बल्डनबाट बाहिरिएका छन् ।