निक किर्गियोस

विम्बल्डन: किर्गियोस तेस्रो चरणमा

लन्डन । सर्भिसमा सशक्त देखिएका अस्ट्रेलियन टेनिस खेलाडी निक किर्गियोस २६औं वरीयताका फिलिप क्राजिनोभिचलाई सोझो सेटमा पराजित गर्दै छैटौं पटक विम्बल्डनको तेस्रो चरणमा पुगेका छन् ।

आठौं पटक विम्बल्डन खेलिरहेका किर्गियोसले बिहीबारको खेलमा सर्बियन खेलाडी क्राजिनोभिचलाई ६–२ ६–३ ६–१ को नजितामा पराजित गर्दा २४ पटक सर्भिस एजमा प्रहार गर्दै अंक लिएका थिए ।

एक घण्टा २५ मिनेटमा सकिएको खेलमा पराजित भएसँगै क्राजिनोभिचको पहिलो पटक विम्बल्डनको तेस्रो चरणमा पुग्ने सपना अधुरै रहेको छ । यी दुई खेलाडीको यो दोस्रो भेट थियो । पछिल्लो ६ वर्षमा भने यो नै पहिलो भेट हो ।

किर्गियोसले अन्तिम १६ मा पुग्नका लागि स्टेफानो सित्सिपास र जोर्डन थम्प्सनबीचको विजेतासँग खेल्नेछन् ।