सेरेना विलियम्स

सेरेनाको अनुहारमा के हो यो ?

लन्डन । सेरेना विलियम्स जत्तिको खेलाडीको चर्चा हारमा पनि हुने गर्छ । नहोस पनि किन र रु उनी आधुनिक महिला टेनिसकै सर्वकालीन महान खेलाडी हुन् । अचेल उनी त्यस्ता खेलाडी रहिनन्, जस्तो पहिले थिइन् । त्यसो भनेको उनी अहिले ४० वर्षकी भइसकिन् र सायद उनमा अब ग्रान्ड स्लाम उपाधि जित्ने क्षमता रहेन् ।

त्यसैले त विम्बल्डनको पहिलो चरणमै उनी गैर वरीयता प्राप्त फ्रान्सेली खेलाडी हारमोनी टानसँग ७-५ १-६ र ७-६ (१०-७) ले पराजित भइन् । अमेरिकाकी ४० वर्षीया सेरेना गत वर्ष चोटका कारण विम्बल्डनमा खेल्न असमर्थ रहेकी थिइन् । यसपल्ट भने उनको खेल्ने प्रयास पहिलो चरण भन्दा माथि जान सकेन् ।

एक प्रकारले सेरेनाको यो हार स्तब्धपूर्ण जस्तै रह्यो । सेरेना जित्दै गएको भए, विम्बल्डनको रौनकता नै बेग्लै हुने थियो । यी त भए, एक प्रकारको महान खेलाडीप्रतिको सम्मान । मंगलबार विम्बल्डनको सेन्टर कोर्टमा उत्रिंदा एक फरक कारणले उनी सबैको आकर्षणमा रहिन् । अझ ठ्याक्कै भन्दा धेरैलाई कौतुलहता उत्पन्न भयो ।

प्रश्न थियो, सेरेनाको अनुहारमा के हो यो रु उनको अनुहारमा काला दुई ‘प्याच’ हरू लगाइएका थिए र सबैको ध्यान बारम्बार त्यसमै केन्द्रित थियो । उनले यी ‘प्याच’ हरू लगाएर खेलेको यो दोस्रो पल्ट हो । त्यस अगाडि उनी डब्लूटीए ५०० मा डबल्स खेल्न कोर्टमा उत्रेकी थिइन् र उनकी साथी खेलाडी थिइन्, ट्युनेसियाकी ओनस जाबेर ।

बेला पनि सेरेनाको अनुहारमा यस्तै अज्ञान ‘प्याच’ हरू थिए । खेलपछि आयोजित पत्रकार सम्मेलनमा केही सोधि पनि हाले, तर सेरेनाले उत्तर दिन अस्विकार गरिन् । पत्रकारले सोधेका सबै प्रश्नको उत्तर दिनु पर्छ भन्ने पनि त छैन् । यसले कौतुहलता बढाउने काम भने गर्‍यो र टेनिस बजारमा नानाथरी अनुमान भने सुरु भए ।

पत्रकारले लगाएका केही अनुमान यस्ता थिए, यी ‘प्याच’ हरूमा सम्भवतस् औषधी हुनु पर्छ र सेरेनाले चिकित्सककै सल्लाहमा यस्तो काम गरेकी हुन् । केही पत्रकार के पनि भन्छन् भने सेरेनाले गुपचुप केही दिन अगाडि अनुहारको सामान्य शल्यक्रिया गराएकी थिइन र त्यसको खोट बसेको हो । यो खोट हट्ने क्रममा छ र त्यसलाई छोप्न नै सेरेनाले ‘प्याच’ हरू लगाइन् ।

खासमा वास्तविक कारण कसैलाई थाहा छैन् । त्यसैले प्रश्च अझै ज्युँदैछ, सेरेनाको अनुहारमा के हो यो ?

–एजेन्सीहरूको सहयोगमा ।