टेनिस

प्रदीप र प्रणव क्वार्टरफाइनलमा

काठमाडौं। प्रदीप खड्का र प्रणव खनाल आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार प्रदीपले आशिष खड्कालाई ७–६, ६–२ तथा प्रणवले सक्षमविक्रम शाहलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरे । साेही स्पर्धामा अकी जुवेन रावतले विष्णु नेपालीलाई ६–३, ६–३, सौगात विकले निजेज महर्जनलाई ६–०, ६–०, प्रणव मानन्धरले निसान श्रेष्ठलाई ५–७, ६–२ र ७–५, सन्तोष खत्रीले कुमार जिसीलाई ६–१, ६–१, गौरवप्रताप शाहीले प्रमोदबहादुर थापालाई ६–०, ६–० तथा विवेक मगरले मनोज महर्जनलाई ६–०, ६–० को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी, रोबर्ट जे हान, दावा सोनाम शेर्पा, भीष्मजंग गुरुङ, जितेन्द्र परियार, सन्तोष खत्री, राजेन्द्र श्रेष्ठ र सिमान्त गुरुङ क्वार्टरफाइनलमा पुगे ।
काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाही, हरिबहादुर बस्नेत, शरण गुरुङ, गोपी भट्टराई, मनोज शाह, रोहित सुनुवार, महेश श्रेष्ठ र विमल गुरुङले क्वार्टरफाइनल यात्रा तय गरे ।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घले, राजु गुरुङ र लाक्पा छिरिङ शेर्पा, निरेशबहादुर श्रेष्ठल र सञ्जय अमात्य, राजु क्षेत्री र हेमराज ढकाल, डेगेन्द्र श्रेष्ठ र चन्द्र शाही, यज्ञबहादुर भण्डारी र रोहित सुनुवार, रमेश्वर थापा र राजेश क्षेत्री तथा शिवप्रसाद सेढाईं र विभू कायश्थको जोडीले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउदै क्वार्टरफाइनलमा स्थान पक्का गरे । भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापाले बसन्त प्रधानलाई ४–१, ४–० ले सहजै पन्छाए ।