बार्सिलोना

अराउहो र बार्सिलोनाबीचको सम्झौता नविकरण

बार्सिलोना । स्पेनिस क्लब बार्सिलोनाले रक्षक रोनाल्ड अराउहोबीचको सम्झौता नविकरण गरेको छ ।

बार्सिलोनाले मंगलबार अराउहोसँग सन् २०२६ को जुन ३० सम्मको नयाँ सम्झौता गरेको हो । यस्तै, क्याटालन जायन्टले अराउहोको ‘रिलिज क्लब’ एक बिलियन युरो राखेको छ ।

उरुग्वेका २३ वर्षीय युवा रक्षक अराउहो सन् २०१९ मा बार्सिलोना ‘बी’ बाट शीर्ष डिभिजनमा उक्लिएका थिए । त्यसअघि उनले सन् २०१८ मा बार्सिलोना ‘बी’ बाट पाँच वर्षे सम्झौता गरेका थिए  ।

अराउहोले बार्सिलोनाबाट ७८ खेल खेल्दा ६ गोल र एक असिस्ट गरेका छन् । उनले बार्सिलोनाबाट कोपा डेल रेको उपाधि जितेका छन् ।