कैलाली फुटबल

कैलाली जिल्ला फुटबल संघको कार्यसमिति विस्तार

धनगढी । कैलाली जिल्ला फुटबल संघको कार्यसमिति विस्तार भएको छ । नयाँ नेतृत्व चयन भएपछि मंगलबार धनगढीमा बसेको कार्यसमितिको बैठकले समिति विस्तार गरेको हो ।

कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लको अध्यक्षतामा बसेको बैठकले महासचिवमा ललित मिश्र (विजय स्पोर्टस क्लब) कोषाध्यक्षमा अमृत चौधरी (धनगढी युवा क्लब) र सह कोषाध्यक्षमा भागीराम चौधरी (हसनपुर युवा क्लब) लाई मनोनित गरेको हो । 

मंगलबार नै नयाँ नेतृत्वले शपथ ग्रहण गरेको छ । उनीहरुलाई निर्वाचन समिति संयोजक रेणु प्रधान श्रेष्ठले शपथ ग्रहण गराएकी हुन् । 

कैलाली जिल्ला फुटबल संघको वैशाख ३ गते भएको निर्वाचनमा अध्यक्षमा अनिल मल्ल, उपाध्यक्षमा कुमारबहादुर शाही, जितेन्द्र कुमार बोगटी र रजबहादुर थापा तथा सदस्यहरुमा आरती आचार्य, मोहित कुमार साह, तेज बम, चन्द देव बम,  हर्क दानपाली,  होम तामाङ,  कृष्ण बहादुर चौधरी, नरेन्द्र बहादुर डगौरा, देवीराम जैसी, सुरेश चौधरी र श्याम बिष्ट चयन भएका थिए । उनीहरुलाई पहिलो बैठकमा शपथ ग्रहण गराइएको कैलाली जिल्ला फुटबल संघले जनाएको छ ।