फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपस

पाकिस्तानको सामना गर्दै नेपाल

काठमाडौं । माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालले बिहीबार पाकिस्तानको सामना गर्दैछ ।

खेल नेपाली समयअनुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा भुटानसँग ६१-५५ ले पराजित नेपाल पहिलो जितको खोजीमा छ । यसैगरी पाकिस्तान जितका साथ प्रतियोगिता सुरु गर्न चाहन्छ ।

जुन २२सम्म हुने प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता छ ।

प्रतियोगिताको लिग चरणमा नेपाल सहित माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानले एक अर्कासँग एक/ एक खेल खेल्नेछन् ।

लिग चरणका शीर्ष चार टोलीले सेमिफाइनल पुग्नेछन् ।

टोलीको प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ तथा व्यवस्थापक सुशील गुरुङ छन् । फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्ने छन् ।

नेपाली टोली

सदिश प्रधान (कप्तान), विनोद महर्जन ९उप कप्तान०, विजय बुर्जा, निकेश राखल मगर, मविन्द्र भण्डारी, अजय कुश्वाहा, दिवेश्वर शाह, आयुश सिंह, निश्चल महर्जन, मनीष केसी, अशिम श्रेष्ठ र श्रेयशबहादुर शाह