मदन भण्डारी कप खुला बास्केटबल प्रतियोगिता

मनास्लु र ललितपुर हाइ च्याम्पियन

दोश्रो मदन भण्डारी खुला बास्केटबलको पुरुषतर्फ च्याम्पियन मनास्लु

काठमाडौं । मनास्लु वर्ल्ड कलेज र ललितपुर हाइले दोश्रो मदन भण्डारी कप  खुला बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन्  । मनास्लु पुरुष तथा ललितपुर  महिलातर्फ च्याम्पियन बनेका हुन् ।

कीर्तिपुर कभर्डहलमा शनिबार भएको पुरुष फाइनलमा मनास्लुले आर्मीलाई ८६-६६ ले पराजित गरेको हो । महिलाको उपाधि भिडन्तमा ललितपुर हाइले बुढानीलकण्ठलाई ५३-४१ ले हरायो ।

दुवैतर्फका विजेताले एक लाख ५० हजार तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गरे ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मनास्लुका जय दीप तथा महिलामा ललितपुरकी काभ्या सिङ्ला ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्य लगायतले  पुरस्कृत गरे ।