संस्कृति कप अन्तरविद्यालय बास्केटबल

रातो बंगलाको दोहोरो जित

काठमाडौं । रातो बंगलाले तेश्रो संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो जित निकालेको छ ।

रातो बंगलाले ब्वाइजमा एपेक्स लाइफलाई २५-१२ तथा गर्ल्समा होली भिजनलाई २९-४ ले पराजित गरेको हो ।

ब्वाइजमा काठमाडौं वर्ल्डले टिआइएलाई १६-१५ तथा युरोले इम्पेरियललाई २७-२६ ले हराए ।

यसैगरी गर्ल्समा आयोजक संस्कृति ‘ए’ ले इम्पेरियललाई ३६-६ तथा काठमाडौं भ्यालीले द एक्सेल्सियर स्कुललाई २५-१३ ले पराजित गरे ।