तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल

एलएनए र एन्जल्स हार्टको विजयी सुरुआत

तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । लालीगुराँस नेसनल एकेडेमी (एलएनए) र एन्जल्स हार्टले प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा विजयी सुरुआत गरेका छन् ।

तार्केश्वर नगर प्याब्सनद्धारा आयोजित प्रतियोगितामा बिहीबार एलएनएले सेक्रेट हार्टलाई १९-१२ ले पराजित गरेको हो । एलएनएको जितमा साहित पुनले १२ अंक योगदान गरे ।

आदित पुनकोआठ अंक सहयोगमा एन्जल्स हार्टले लालीगुराँस विद्याकुञ्जलाई २७-२० ले हरायो ।

मनमैजुस्थित एलएनएको कोर्टमा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमै स्प्रिङ भ्यालीले ल्यान्डमार्क एकेडेमीलाई १५-१२, सिर्जना ज्ञान सागरले रोजमेरीलाई २२-१२ र सिद्धार्थ मोडलले काठमाडौं शिक्षालयलाई २०-१५ ले हराए । 

स्प्रिङ भ्यालीका अन्च ठकुरीले ५, सिर्जना ज्ञान सागरका प्रिन्स मगरले १० र सिद्धार्थ मोडलका सनमुनले ६ स्कोर गरे ।

सिनियर गर्ल्समा न्यू एराले एन्जल्स हार्टलाई २४-१८, स्प्रिङ भ्यालीले काठमाडौं लिङकनलाई २५-१९, एलएनएले सिर्जना ज्ञान सागरलाई २८-१८ तथा नर्थ प्वाइन्टले रोजमेरीलाई १९-१२ ले पराजित गरे ।

 न्यु एराकी नर्गिमा तामाङले १४, स्प्रिङ भ्यालीकी काभ्या अधिकारीले ८, एलएनएकी सिमरन महर्जनले २० र नर्थ प्वाइन्टकी हेमा भण्डारीले ६ अंक जोडे ।

साताव्यापी प्रतियोगितामा जुनियर ब्वाइजतर्फ १६ तथा सियिनर गर्ल्सतर्फ १२ गरी २८ टोली सहभागी छन् ।