चैत्र ७, २०८२ शनिबार | ११:४३:२५
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

प्रिन्स र रशिला च्याम्पियन

काठमाडौं । एपिएफ क्लबका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन १६औं कृष्णमोहन स्मृति राष्ट्रिय खुला ब्याडमिन्टनको  च्याम्पियन बनेका छन् । 

प्रिन्स पुरुष तथा रशिला महिला एकलतर्फ च्याम्पियन बनेका हुन्  ।

हलचोकस्थित नेपाल एपिएफ क्लबको कभर्डहलमा बिहीबार सम्पन्न पुरुष एकलतर्फको फाइनलमा प्रिन्सले त्रिभुवन आर्मीका रुकेश महर्जनमाथि २१-११ र २१-११ को सोझो सेटको जित निकाले ।

महिला एकलतर्फ रशिलाले एपिएफकी जेशिका गुरुङलाई २१-१९, १५-२१ र २१-१७ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरिन् ।

पुरुष युगल (मेन्स डवल्स)तर्फ एपिएफका प्रिन्स दाहाल र विजीत थापा मगरको जोडी नेपाल पुलिस क्लबका जीवन आचार्य र विष्णु कटुवालको जोडीलाई २१-१८, २१-१३ ले पराजित गर्दै च्याम्पियन बने ।

महिला युगल (वुमेन्स डवल्स) को फाइनलमा आर्मीका रशीला महर्जन र अनुमाया राईको जोडीले नेपाल एपिएफका जेशीका गुरुङ र सुनैना मुखियाको जोडीलाई २१-१६, २१-१२ ले पराजित गरे ।

मिश्रित युगल (मिक्स्ड डवल्स)को फाइनलमा एपिएफका प्रिन्स र जेशिकाको जोडीले आफ्नै क्लबका विजित थापा मगर र शोभा गौचनको जोडीलाई २३-२१, २२-२० ले हराए ।

यू-१९ ब्वाइजतर्फ एपिएफका क्षितिज खनाल च्याम्पियन बने । उनले फाइनलमा आफ्नै क्लबका रोशन साउदलाई १३-२१, २१-१७, २१-१८ ले पराजित गरेका हुन् ।

यू-१२ ब्वाइजतर्फ आर्मीका रिजन मगर आफ्नै क्लबका सुदेश राजकोटीलाई २४-२२, २१-१८ ले हराउँदै च्याम्पियन बने ।

५५ बर्षमाथिका भेट्रान्सतर्फ चितवनका बुद्धि चौधरी र धादिङका विष्णुलाल श्रेष्ठ बैतडीका पूर्ण चन्द्र जोशी र किर्तिपुरका राजु महर्जनलाई २३-२१, २२-२० ले पराजित गर्दै च्याम्पियन बनेका छन् ।

यसैगरी ४५ बर्षमाथिका भेट्रान्सतर्फ  नेपाल एपिएफ क्लबका सञ्जय कपाली र अनिल थाम्सुङले कास्कीका विशाल हिराचन र शम्भु कुमार श्रेष्ठलाई २१-१३, २२-२० ले हराउँदै च्याम्पियन बने ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो