माघ १७, २०८२ शनिबार | १२:५१:०८
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

प्रिन्स र रशिला च्याम्पियन

काठमाडौं । एपिएफ क्लबका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन १६औं कृष्णमोहन स्मृति राष्ट्रिय खुला ब्याडमिन्टनको  च्याम्पियन बनेका छन् । 

प्रिन्स पुरुष तथा रशिला महिला एकलतर्फ च्याम्पियन बनेका हुन्  ।

हलचोकस्थित नेपाल एपिएफ क्लबको कभर्डहलमा बिहीबार सम्पन्न पुरुष एकलतर्फको फाइनलमा प्रिन्सले त्रिभुवन आर्मीका रुकेश महर्जनमाथि २१-११ र २१-११ को सोझो सेटको जित निकाले ।

महिला एकलतर्फ रशिलाले एपिएफकी जेशिका गुरुङलाई २१-१९, १५-२१ र २१-१७ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरिन् ।

पुरुष युगल (मेन्स डवल्स)तर्फ एपिएफका प्रिन्स दाहाल र विजीत थापा मगरको जोडी नेपाल पुलिस क्लबका जीवन आचार्य र विष्णु कटुवालको जोडीलाई २१-१८, २१-१३ ले पराजित गर्दै च्याम्पियन बने ।

महिला युगल (वुमेन्स डवल्स) को फाइनलमा आर्मीका रशीला महर्जन र अनुमाया राईको जोडीले नेपाल एपिएफका जेशीका गुरुङ र सुनैना मुखियाको जोडीलाई २१-१६, २१-१२ ले पराजित गरे ।

मिश्रित युगल (मिक्स्ड डवल्स)को फाइनलमा एपिएफका प्रिन्स र जेशिकाको जोडीले आफ्नै क्लबका विजित थापा मगर र शोभा गौचनको जोडीलाई २३-२१, २२-२० ले हराए ।

यू-१९ ब्वाइजतर्फ एपिएफका क्षितिज खनाल च्याम्पियन बने । उनले फाइनलमा आफ्नै क्लबका रोशन साउदलाई १३-२१, २१-१७, २१-१८ ले पराजित गरेका हुन् ।

यू-१२ ब्वाइजतर्फ आर्मीका रिजन मगर आफ्नै क्लबका सुदेश राजकोटीलाई २४-२२, २१-१८ ले हराउँदै च्याम्पियन बने ।

५५ बर्षमाथिका भेट्रान्सतर्फ चितवनका बुद्धि चौधरी र धादिङका विष्णुलाल श्रेष्ठ बैतडीका पूर्ण चन्द्र जोशी र किर्तिपुरका राजु महर्जनलाई २३-२१, २२-२० ले पराजित गर्दै च्याम्पियन बनेका छन् ।

यसैगरी ४५ बर्षमाथिका भेट्रान्सतर्फ  नेपाल एपिएफ क्लबका सञ्जय कपाली र अनिल थाम्सुङले कास्कीका विशाल हिराचन र शम्भु कुमार श्रेष्ठलाई २१-१३, २२-२० ले हराउँदै च्याम्पियन बने ।

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।