बिएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता

आयोजक बिएमसीए र पृथ्वी सेमिफाइनलमा

काठमाडौं । आयोजक बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बिएमसीए)  र पृथ्वी प्रथम बिएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बिएमसीए सिनियर ब्वाइज तथा पृथ्वी गर्स्समा सेमिफाइनल पुगेका हुन् ।

बिएमसीएले ग्राम शिक्षालाई ३६-१९ ले पराजित गरेको हो । विजयी टोलीका लागि पारस गुरुङले ११ अंक जोडे । पृथ्वीले टेरेसा एकेडेमीलाई ४१-३० ले हरायो । पृथ्वीकी बविता घिमिरेले १९ अंक जोडिन् ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबिए) लाई ३६-२५, ग्रिनल्यान्डले एचएचसीएलाई ५५-४८ तथा सेन्ट जोसेफले गोल्डेनपिकलाई ४६-४२ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे । भ्याली पब्लिकका सुनिल पौडेलले १४, ग्रिनल्यान्डका प्रवीण गुरुङले १९ र सेन्ट जोसेफका सुविन तामाङले १४ अंक जोडे ।

गर्ल्समा भ्याली पब्लिकले साइपाल एकेडेमीलाई ३३-२१, एचएचसिएले बिएमसीएलाई २७-२२ तथा हिमालयन किङ्डमले ग्रिनल्यान्डलाई ३५-३२ ले पराराजित गर्दै सेमिफइनलमा स्थान बनाए । भ्याली पब्लिककी एन्जल गुप्ताले १२, एचएचसिएकी प्रमिका लामाले नौ र हिमालयन किङ्डमकी छिरिङ डोल्माले नौ स्कोर गरे ।