राष्ट्रिय खेलकुद परिषद्राष्ट्रिय खेलकुद परिषद्

खेलकुद बिमा लेख कार्यन्वयनमा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षक गरी ६० जनाको बिमा गरेसँगै पहिलो पटक खेलकुद बिमा लेख  कार्यन्वयनमा आएको छ ।

 राष्ट्रिय बिमा कम्पनी लिमिटेडका मार्केटिङ म्यानेजर देवराज घिमिरेले राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई बिमा लेख हस्तान्तरण गरे ।

विशेष प्रशिक्षणमा तेक्वान्दो, कराते, उसु, जुडो र बक्सिङका ५० खेलाडी तथा १० प्रशिक्षक छन् । प्रत्येकको ७ लाख रुपैयाँ बराबरको बिमा गरिएको छ । बिमाको अवधि १ सय ६३ दिन रहेको छ । उपचार गर्नु पर्ने अवस्थामा भने प्रत्येकले बिमित रकमको २५ प्रतिशत पाउने छन् ।

नेपाल बिमा प्राधिकरणले खेललाई न्युन जोखिम, सामान्य जोखिम र जोखिमयुक्त गरी तीन समूहमा वर्गिकरण गरी २०८० मंसिर १३ गते खेलकुद बिमा लेख जारी गरेको थियो ।

सदस्यसचिव टंकलाल घिसिङले २०७८ मंसिर १४ गते सदस्यसचिवको पदभार ग्रहण गर्ने क्रममा खेलाडीको हितलाई मध्यनजर गरी खेलकुद बिमालेख कार्यान्वयन गर्ने महत्वपूर्ण घोषणा गरेका थिए ।