एसियाली पारा खेलकुद

पारा खेलाडीलाई दिलिप स्मृति प्रतिष्ठानको बिदाइ

फाइल तस्बिर

काठमाडौं । तेक्वान्दोमा सक्रिए दिलिप स्मृति प्रतिष्ठानले चौथो एसियाली पारा खेलकुदमा सहभागी हुने पूर्व तेक्वान्दो खेलाडीलाई सोमबार बिदाई गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष एवं तेक्वान्दो प्रशिक्षक राजेन्द्र खत्रीले पूर्वतेक्वान्दो खेलाडी साङबु भोटे, सुरज भाट र सीता भण्डारीलाई सफलताको शुभकामना दिदै  बिदाइ गरे ।

चीनको हाङझाउमा अक्टोबर २२ देखि २८ तारिखसम्म हुने पारा खेलकुदमा साङबु र सुरजले एथलेटिक्समा प्रतिस्पर्धा गर्दैछन् । सीता प्रशिक्षकको भूमिकामा छिन् । उनीहरु सोमबार राति ११ः०० बजे चीन प्रस्थान गर्दैछन् ।