नेपाल खेलकुद पत्रकार मञ्च

एनएसजेफको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को १८औं वार्षिक साधारणसभा तथा खेलकुद पत्रकारिता पुनर्ताजगी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा कार्यक्रममा आइतबार खेलकुद पत्रकारिता पुनर्ताजगी प्रशिक्षण र सोमबार मञ्चको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको थियो ।

पहिलो दिन मल्टिप्ल्याटफर्म जर्नालिजमबारे सिएमआर नेपाल एकेडेमीका डाइरेक्टर उज्वल आचार्यले प्रशिक्षण दिए । 

उक्त प्रशिक्षणमा ६४ खेल पत्रकार सहभागी थिए । मञ्चले   प्रशिक्षणमा सहभागी सबै प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरेको थियो ।

दुई दिने कार्यक्रमलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप), केटिएम सिटी र प्रोफेसनल गल्फर एसोसिएसन अफ नेपालले सहयोग गरेको थियो ।

साधारण सभाको उद्घाटन सत्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य विकास कार्की र पत्रकार महासंघ एसोसिएट प्रदेशका अध्यक्ष बैकुण्ठ पराजुली लगायतले खेलकुद पत्रकारिताका विषयमा विचार राखेका थिए । 

साधारण सभाको बन्द सत्रमा मञ्चका महासचिव प्रज्वल ओलीको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुजन श्रेष्ठको आर्थिक प्रतिवेदन पेश भएको थियो ।

सो प्रतिवेदन साधारण सभाले पास गरेको । साधारण सभाअघि राखेपका सदस्यसचिव टंकलाल घिसिङले चालु आर्थिक वर्षमा राखेपको सहयोगमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका विवरण प्रस्तुत गरेका थिए ।