एसियाली खेलकुद

एसियाली खेलकुदका लागि भारोत्तोलनका ४ खेलाडी छनोट

काठमाडौं । चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदका लागि ४ खेलाडी छनोट भएका छन् ।

अन्तिम छनोट प्रतियोगिताबाट समान २ पुरुष/महिला गरी ४ खेलाडी छनोट भएको नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जनाएका छन् ।

पुरुष ८१ केजीमा कञ्चनपुरका विकास भट्ट तथा ९६ केजीमा नेपाल पुलिसका विशालसिंह विष्ट छनोट भए । महिला ५५ केजीमा पुलिसकी टीकामाया गुरुङ र ६४ केजीमा नेपाल आर्मीकी शारदा चौधरी छानिए ।

एसियाली खेलकुद असोज ६ देखि २१ सम्म हुँदैछ ।