राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता

राष्ट्रिय खुला टेबल टेनिस बिहीबारदेखि

सांकेतिक तस्बिर

काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि हुने भएको  छ ।

क्यानसरबाट पिडिड टेबल टेनिस खेलाडी सेलिशा खड्काको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न हुन लागेको प्रतियोगितामा विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा १ सय ७५ खेलाडीको सहभागिता रहने आयोजक संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । तीनदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।