राष्ट्रिय जुडो प्रतियोगिता

राष्ट्रिय जुडो प्रतियोगिता बुधबारदेखि हुने

सांकेतिक तस्बिर

काठमाडौं । नेपाल जुडो संघको आयोजनामा १८ औं राष्ट्रिय जुडो प्रतियोगिता बुधबारदेखि खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा सुरु हुँदैछ ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (त्रिभुवन आर्मी, नेपाल पुलिस, नेपाल एपिएफ) गरी १० टोलीको सहभागिता रहने जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । 

प्रतियोगितामा ६४ पुरुष र ५२ महिला गरी एक  सय १६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष/ महिला दुवैमा समान ७ गरी १४ स्पर्धामा खेल हुने जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जानकारी गराए ।

यसै प्रतियोगिताबाट चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने छ । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ ।