रोलबल विश्वकप

नेपाली रोलबल टोली भारत जाँदै

काठमाडौं । छैटौं रोलबल विश्वकपमा सहभागी हुन रोलबल नेपाली टोली बिहीबार भारतको अरुणाचल प्रदेश प्रस्थान गर्ने भएको छ ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले मंगलबार बिदाइ गरे ।

अप्रिल २१ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा नेपालको पुरुष/ महिला दुवै टोली सहभागी हुनेछ ।

पुरुष टोलीमा अभिषेक मानन्धर (कप्तान), उज्ज्वल महर्जन, राज श्रेष्ठ, राहुल खत्री क्षेत्री, अन्शल श्रेष्ठ, विजय खनाल, विदूग श्रेष्ठ, इमोन यादव, समिप लामिछाने र सम्मान केसी रहेका छन् ।

यसैगरी महिला टोलीमा पासाङ याङ्जी शेर्पा (कप्तान), वितिशा महर्जन, प्रसीका बोहरा, रिया श्रेष्ठ, नयना शाक्य, आयुशषा बलामी, रिभा महर्जन, सुनिचा भाजु, अनुप्रिया तन्डुकार र रिती श्रेष्ठ छन् ।

नेपाल रोलबल संघका अध्यक्ष वीरकृष्ण महर्जनको नेतृत्वमा जाने टोलीको अफिसियलमा महासचिव डिकेश प्रधान, प्रशिक्षकमा सुनिल धागे, व्यवस्थापकमा शन्तबहादुर शाक्य र चिकित्शकमा मनीषकुमार शाह रहेका छन् । प्रतियोगितामा नेपालसहित २७ राष्ट्रको सहभागिता रहने रोलबल संघले जनाएको छ ।