फेन्सिङ

फेन्सिङको रेफ्री परीक्षाका लागि तीन जना मलेसिया जाँदै

काठमाडौं । फेन्सिङ कन्फेडेरेसन अफ एशिया को रेफ्री परीक्षामा सहभागी हुन तिन जना मलेशिया जाने भएका छन् ।

अगष्ट २३ देखि अगष्ट २५ २०२२ सम्म मलेसियाको क्वालालम्पुरमा हुने  रेफ्री परीक्षामा सहभागी हुन दुई महिला रेफ्री र एक पुरुष रेफ्री आज मलेसियाको लागि प्रस्थान गरेका छन् ।

काठमाडौंकी मिनु शर्मा कार्की, पोखराकी रेखा माया गुरुङ र पोखराकै सन्दिप बरालले उक्त परीक्षा दिन लागेका हुन् ।  रेफ्रीहरुलाई संघका सचिव अभिषेक कार्की तथा कोषाधक्ष अनुप कपालीले बिदाई गरेका छन् ।

यसअघि भएको फेन्सिङ कन्फेडेरेसन अफ एसियाको रेफ्री परीक्षामा  काठमाडौंका अभिषेक कार्की, अनुप कपाली तथा अलिशा अधिकारीले अन्तरास्ट्रिय रेफ्रीको दर्जा पाइसकेका छन् ।

अन्तरास्ट्रिय रेफ्रीको संख्या बढेसँगै देशको खेल स्तरको पनि विकास हुँदै जाने संघका महासचिव सुजन लाल श्रेष्ठले जानकारी गराए । त्यसैगरी परीक्षामा सफल नतिजा हासिल गरेर आउन तिनै जनालाइ संघका अधक्ष्य सुनिल कुमार श्रेष्ठले शुभाकामना दिए । रेखमाया गुरुङ खेलकै लागि हाल मलेसियामै छिन् ।