बास्केटबल

इबीए र स्किब्स सफल

काठमाडौं । इडेन ब्रिज एकेडेमी (इबीए) र स्किब्सले १५ औं क्विक्स/ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् ।

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा इबीएले लालीगुराँसलाई २०–१८ ले पराजित गर्‍यो । इबीएको जितमा निखिल शाहीले १४ अंक योगदान गरे । अनुज लिम्बूको ९ अंक सहयोगमा स्किब्सले ग्रिनफिल्डलाई १७–१६ ले हरायो । जुनियर ब्वाइजमै भ्याली पब्लिकले ओडिसीलाई ४२–११ ले पाखा लगायो । विजेताका विशाल परियारले १४ अंक जोडे । बीएनएले लक्ष्मीपुरमाथि २३–११ को जित निकाल्यो । बीएनएका एलेक्स गुरुङले ११ स्कोर गरे ।

सिनियर गल्र्समा ग्रिनल्यान्ड ‘ए’ ले लालीगुराँसलाई २५–१५, बीएनएले ग्रिनल्यान्ड ‘बी’ लाई १८–११ र भ्याली पब्लिकले फेरिल्यान्डलाई ३५–२२ ले पन्छाए । ग्रिनल्यान्ड ‘ए’ का परी गुरुङ र समिक्षा थापाले ११–११, बीएनएकी सुप्रिया थापा मगरले ९ तथा भ्याली पब्लिकका मुस्कान गुरुङ र एन्जल गुप्ताले ११–११ स्कोर गरे ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकले ग्रिनफिल्डलाई ५३–३० तथा ग्रिनल्यान्ड ‘बी’ ले फेरिल्यान्डलाई ३०–२० ले पराजित गरे । भ्याली पब्लिकका छिरिङ लामा र इश्वर लामाले १९–१९ तथा ग्रिनल्यान्ड ‘बी’ का साश्वत थापाले १३ अंक बटुले ।