पारा खेलकुद

बहिरा फुटसलमा प्रदेश एक र बाग्मती च्याम्पियन

काठमाडौ । प्रदेश एकको पुरुष र बाग्मती प्रदेशको महिला टोलीले पारा राष्ट्रिय खेलकुदमा शुक्रबार राष्ट्रिय बहिरा फुटसल प्रतियोगिताको उपाधि जितेका छन् ।

राष्ट्रिय बहिरा खेलकुद कमिटी नेपालको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा प्रदेश एकले बाग्मतीमाथि २-१ को जित हासिल गर्यो ।

हाँडीगाउँस्थित धन्यनतरी फुटसलमा भएको महिलाको उपाधि भिडन्तमा बाग्मतीले प्रदेश एकलाई २-० को अन्तरमा हरायो । दुवै समूहका विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँ नगद पुरस्कार पाए ।

विजेतालाई राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृतद्वय सारङगिन् निरौला र ओमनाथ न्यौपानेलगायतले पुरस्कृत गरेको परिषदले जनाएको छ ।