विध्यालय खेलकुद

ह्वाइटफिल्डको विजयी सुरुआत

पाठशाला कप एसइइ छात्र नकआउट बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर सौजन्य : राखेप

काठमाडौं । पाठशाला कप एसइइ छात्र नकआउट बास्केटबल प्रतियोगिताको पहिलो दिन शुक्रबार ह्वाइटफिल्डले विजय हासिल गरेको छ ।

उद्घाटन खेलमा ह्वाइटफिल्डले आयोजक पाठशालामाथि ३५-२३ को जित हासिल गरेको थियो । पहिलो खेलमै टोलीलाई महत्वपूर्ण जित दिलाउने क्रममा ह्वाइटफिल्डका लागि अशोक तामाङले सर्वाधिक १२ स्कोर गरे ।

प्रतियोगितामा शुक्रबारै भएको अर्को खेलमा राजश्री गुरुकुलले स्वस्तिश्री गुरुकुललाई ३०-१७ को नतिजामा हरायो । राजश्रीका कुशल राईले ८ स्कोर गरेका थिए ।

त्यसअघि शुक्रबारै नेपाल बास्केटबल संघका अध्यक्ष भिमसिंह गुरुङले प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगितामा ८ टिम सहभागी छन् । विजेताले १५ हजार र उपविजेताले ८ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । फाइनल आइतबार हुने छ ।