खेलग्राम

गैडाकोटमा बिपी कोइराला अन्तर्राष्ट्रिय खेल ग्राम बनाइने

काठमाडौं । नवलपुरको गैडाकोटमा सरकारले अन्तर्राष्ट्रिय खेल ग्राम स्थापना गर्ने भएको छ ।

वर्ष २०७९–८० को नीति तथा योजना प्रस्तुत गर्ने क्रममा राष्ट्रिपति विद्यादेवि भण्डारीले ‘गैडाकोटमा बीपी कोइराला अन्तर्राष्ट्रिय खेल ग्राम स्थापना गरिने’ बताएकी छन् ।

सरकारको नीति तथा कार्यक्रममा समेटिएका खेलकुदका योजनाः

आधारभूत राष्ट्रिय एमव् अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण एवम् प्रतियोगिता आयोजना गरी खेलाडीको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरिनेछ ।

खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण तथा खेलमा सहभागी हुने अवसर उपलब्ध गराइनेछ ।

मापदण्ड बनाई खेलाडीलाई पुरस्कार भत्ता, बीमा आकस्मिक सहयोग लगायतका प्रोत्साहनको व्यवस्था गरिनेछ ।

स्काउट तालिमलाई थप विस्तार गरिनेछ ।

प्रत्येक विद्यालयमा खेलकुद क्लब स्थापना गरिनेछ ।

साहसिक तथा पर्वतीय खेलकुदको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिनेछ ।

प्रत्येक प्रदेशमा कम्तिमा एउटा प्रशिक्षण सुविधासहितको अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्दै जाने नीति लिइनेछ ।

गैडाकोटमा बीपी कोइराला अन्तर्राष्ट्रिय खेल ग्राम स्थापना गरिनेछ ।

सबै स्थानीय तहमा खेल ग्राम निर्माण गर्दै लगिने छ ।

उच्च भूभागीय खेलकुद तालिम केन्द्र निर्माण गरिनेछ ।

खेलकुद विश्व विद्यालयको सम्भाव्यता अध्ययन गरी आवश्यक प्रक्रिया अगाडि बढाइने छ ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण सुरु गरिनेछ ।

चितवनको अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको बाँकी कामलाई टुङगोमा पुर्याउन समन्वय र सहजीकरण गरिनेछ ।

नागरिकलाई शारिरीक तथा मानसिक स्वास्थ्य सुधारका लागि खेलकुद शारिरीक व्यायाम, योग तथा ध्यानको अभ्यास गर्न उत्प्रेरित गरिनेछ ।