ह्यान्डबल

महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता हुने

काठमाडौं । ‘महिला शसक्तिकरणका लागि सहयात्र, राष्ट्रिय प्रतियोगितामा महिला खेलाडी सहभागिता बृद्धि अभियान’ अन्तर्गत बैशाख ३ गते टेलिकम कप राष्ट्रिय खुला महिला ह्याण्डबल प्रतियोगिता आयोजना हुने भएको छ ।

ह्यान्डबल संघले प्रेश विज्ञप्ति जारी गर्दै २०७९ बैशाख ३ देखि ६ गते सम्म बुढानिलकण्ठ नगरपालिकाको वडा नं. ८ गोल्फुटार खेल मैदानमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको हो । नेपाल ह्याण्डबल संघको आयोजनामा हुने प्रतियोगितालाई नेपाल टेलिकमको मुख्य प्रायोजन गर्ने भएको छ ।

यस्तै यस्तै उदपुर जिल्लाको बेलका नगरपालिकामा राष्ट्रिय खुला पुरुष ह्याण्डबल प्रतियोगिता हुने भएको छ । २०७८ चैत्र २१ देखि २४ गते सम्म आयोजना हुने प्रतियोगितालाई बेलका नगरपालिकाको मुख्य प्रायोजन हुने समेत संघका महासचिव सन्देश रेग्मीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगितामा प्रदेश १ र दुई देखि बाहेकका प्रदेश र विभागिय टोलीमा नेपाली सेना र सशस्त्र प्रहरीबलको एपिएफ क्लबले सहभागिता जनाउने समेत महासचिव रेग्मीले जानकारी दिए ।