कराते

सितोरियो कराते चैत २४ देखि

काठमाडौं । नेपाल सितोरियो संघको आयोजनामा चैत २४ देखि राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । सातदोबाटोस्थित कराते हलमा हुने प्रतियोगिता पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्राईको स्मृतिमा प्रतियोगिता गर्न लागेको आयोजकले आइतबार पत्रकारसम्मेलनमार्पत जानकारी दिएको छ ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ १० र पुरुषतर्फ ११ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिला एक सय र पुरुष एक सय १० खेलाडीले २१ स्वर्ण पदक, २१ रजत पदक र ४२ कास्य पदकमा प्रतिस्पर्धा हुने आयोजक सितोरियो संघले बताएको छ ।

१९औं एसियाली खेलकुदकोलागि प्रारम्भिक तयारी समेत हुने गरी गर्न लागिएको प्रतियोगिताको विजेताले एक लाख रुपैंया प्राप्त गर्नेछन् । यस्तै, महिला र पुरुष सर्वाेत्कृष्ट खेलाडीलाई नगदसहित सम्मानित हुनेछन् ।