कराते

गणेशमान सिंह फाउण्डेसन राष्ट्रिय कराते प्रतियोगिता मंगलबारदेखि

काठमाडौं । गणेशमान सिंह फाउण्डेसन राष्ट्रिय कराते प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ । नेपाल सितोरियो कराते संघ र वीर गणेशमान सिंह फाउन्डेसनको संयुक्त आयोजनामा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभाग सहभागी हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ५०, ५५, ६०, ६७, ७५, ८४ केजीभन्दा तल र ८४ भन्दा माथि, एकल काता र टिम काता गरी ९ इभेन्टमा र महिलातर्फ ४५, ५०, ५५, ६१, ६७केजीभन्दा तल, ६७ भन्दा माथि, एकल काता र टिम काता गरी  आठ इभेन्टसमा प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।

खेलाडीहरुले कुल १७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ।

प्रतियोगिता व्यवस्थित, मर्यादित गर्न आयोजक कमिटी कार्यक्रम संयोजक बद्रीनाथ श्रेष्ठको अध्यक्षतामा पाँच सदस्यहरुलाई नियुक्त गरिएको छ । जसमा धनवीर महर्जन, पन्चकुमार महर्जन, प्रीतम महर्जन, ओमकृष्ण कायस्थ र सुजना श्रेष्ठ रहेका छन् ।

दुई दिनसम्म सञ्चालन गर्ने प्रतियोगिता सतुङ्गलस्थित डिवी पार्टी भेन्युमा हुनेछ ।