न्युक्यासल युनाइटेड

न्युक्यासल ५४ वर्षपछि फाइलनमा

काठमाडौं । इंङ्लिस प्रिमियर लिगको क्लब न्युक्यासल युनाइटेड ५४ वर्षपछि पहिलो पटक लिग कपको फाइलनमा प्रवेश गरेको छ । मंगलबार राति साउथह्याम्पटनलाई २–१ ले पराजित गर्दै न्युक्यासल उपाधि नजिक पुगेको छ ।

समग्रमा न्यक्यासल ३–१ ले विजयी भयो । पहिलो लेगमा न्युक्यासल १–० ले विजयी भएको थियो । दोस्रो लेगमा न्युक्यासललाई जिताउन जिओर्डी सिन लङ्स्टार्फले दुई गोल गरेका थिए ।

सेन्ट जेम्स पार्कमा पाँचौ मिनेटमा न्युक्यासलले अग्रता दिएको थियो । ५१ हजार ९ सय ७५ दर्शकमाझ जिओर्डीले २१औं मिनेटमा दोस्रो गोल गरे ।

२९औं मिनेटमा चे एडम्सले गोल गरेपछि साउथह्याम्पटन खेलमा फर्कन सकेन । खेलको ८२औं मिनेटमा ब्रुनोले रातो कार्ड पाउँदा न्युक्यासल दश खेलाडीमा झरेको थियो ।

अब, उपाधिका लागि न्युक्यासलले म्यानचेस्टर युनाइटेड र नटिङघंम फोरेस्टबीचको विजेतासँग खेल्नेछ । पहिलो लेगमा युनाइटेड ३–० ले विजयी भएको छ ।

असअघि न्युक्यासलले सन् १९९९ मा वेम्बलीमा फाइनल खेलेको थियो । सन् १९६९ पछि पहिलो पटक उपाधि जित्ने लक्ष्यमा न्युक्यासल रहेको छ ।