इन्टर मिलान

इन्टर सेमिफाइलनमा

काठमाडौं । एटालान्टालाई १–० ले हराउँदै इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति सान सिरोमा माटेओ डार्मिअनको निर्णायक गोलमा इन्टर उपाधि नजिक पुगेको छ ।

खेलको ५७औं मिनेटमा डार्मिअनले गोल गरेका थिए । उनले लौटारो मार्टिनेजको पास सदुपयोग गरे । उपाधिका लागि इन्टरले युभेन्ट्स र लाजियोसँगको विजेतासँग खेल्नेछ ।

जनवरीमा इन्टरले एसि मिलानलाई हराउँदै साउदी अरेबियामा सुपर कोपाको उपाधि जितेको थियो । इन्टरलाई नवौं पटक कोपा इटालियाको ट्रफी उचाल्ने अवसर रहेको छ । इन्टर लगातार सेमिफाइनलमा चौथो पटक स्थान बनाएको थियो ।

पहिलो हाफमा दुबै टोलीले पाएका केहि अवसर खेर फ्यालेका थिए । दोस्रो हाफमा इन्टरले अग्रता बनाएको थियो । डार्मिअनको गोलमै इन्टर विजयी भयो ।

यता, सिरी ए मा भने नेपोलीले १३ अंकको अग्रता बनाएको छ । यसअर्थमा इन्टर उपाधिकोलागि निकैपछि छ ।