नेपाेली

नेपोलीलाई १३ अंकको अग्रता

काठमाडौं । नेपोलीले इटालियन सिरी ए मा १३ अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा नेपाेलीले रोमालाई २–१ ले हराएको छ ।

जितपछि नेपाेलीको २० खेलबाट ५३ अंक छ । दोस्रो स्थानको इन्टरको समान खेलबाट ४० र पराजित रोमा ३७ अंकसहित छैटौं स्थानमा छ ।

डिअगो अर्मान्डो म्यारोडोनाको मैदानमा नेपाेलीलाई जिताउन  भिक्टोर ओसिमहेन र जिओभानी सिमओनले गोल गरेका थिए ।

खेलको १७औं मिनेटमा भिक्टोरको गोलका नेपाेलीले अग्रता लिएको थियो । ७५औं मिनेटमा स्टेफन एल शारवेले रोमाको लागि बराबरी गोल फर्काएका थिए । खेल सकिन चार मिनेट अघि जिओभानीले विजयी गोल गरे ।  

राति नै भएको अन्य खेलमा लाजियो र फ्लोरिन्टिनाले १–१ गोलको बराबरी खेले । युभेन्ट्स मोन्जासँग २–० ले पराजित हुँदा एसि मिलान सासुओलोसँग ५–२ को लज्जास्पद हार बेहोर्न पुगेको थियो ।