ए डिभिजन लिग

संकटाका पाँच खेलाडीद्धरा सम्झौता नवीकरण

काठमाडौं । सिहिद स्मारक ए डिभिजन लिगको क्लब संकटाले पाँच खेलाडीसँग सम्झौता नवीकरण गरेको छ ।

संकटाले बिहिबार पाँच खेलाडीले सम्झौता नवीकरण गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो ।

रवि सिलवाल, सरोज सरोज दाहाल, रोशन पहारी, दिपेन्द्र विक र गणेश हमालले क्लबसँगको सम्झौता बढाएका  हुन् । नयाँ सिजनको शहिद स्मारक ए डिभिजन लिगका लागि संकटाले यसअघि सात नयाँ खेलाडीलाई अनुबन्ध गरिसकेको  छ ।

संकटाले यसअघि सुनिल बल, टिकेन्द्र थापा, निशान खड्का, गौतम श्रेष्ठ, सुरज ज्यु ठकुरी, आयुष घलान र मनिष डाँगीलाई लाई अनुबन्ध गरेको थियो। तर रक्षक गौतम भने  लिगअघि नै अस्ट्रेलिया गइसकेका छन् ।


यसैगरी संकटाले विदेशी खेलाडीका रुपमा आन्द्रे बिकलाई पनि अनुबन्ध गरिसको छ ।