चैत्र १६, २०८२ सोमबार | १८:२३:५८
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

धनगढीमा सर्वाधिक धनराशीको ब्याडमिन्टन प्रतियोगिता हुने

धनगढी । कैलालीको धनगढीमा देशकै सर्वाधिक धनराशीको धर्मदेव पशुपति स्मृति प्रथम खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता पुलिस पब्लिक ब्याडमिन्टन क्लबको आयोजनामा फागुन ११ देखि १३ सम्म  हुनेछ  । आयोजकले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता प्रदेश प्रहरी कार्यालयको ब्याडमिन्टन हलमा हुने जानकारी दिइएको हो ।

देशभरकै सर्वाधिक पुरस्कार राशीको ब्याडमिन्टन प्रतियोगिता हुने संयोजक मेम्बर सिंहले जानकारी दिए । प्रतियोगितामा खुल्ला पुरुष डबल, पुरुषतर्फ नै ४५ वर्ष माथिका भेट्रान र ५५ वर्षमाथिका भेट्रान गरि तीन ईभेन्टमा प्रतियोगिता संचालन गरिने संयोजक सिंहले बताए । खुल्ला पुरुष डबलमा विजेतालाई एक लाख २१ हजार, उप विजेतालाई  ७१ हजार र  तेस्रो स्थान हासिल गर्नेलाई ५१ हजार रुपैयाँ मेडल तथा ट्रफी प्रदान गरिने छ ।

४५ बर्षमाथिको भेट्रानमा विजेतलाई ५१ हजार,  उपविजेतलाई ३१ हजार र तेस्रो हुनेलाई २१ हजार तथा ५५ बर्षमाथिको भेट्रानमा विजेतालाई ३१ हजार, उपविजेतालाई  २१ हजार र तेस्रो स्थान हासिल गर्नेलाई  ११ हजार रुपैयाँसहित ट्रफी, मेडल प्रदान गरिने संयोजक सिंहले बताए ।

प्रतियोगिताको जम्मा पुरस्कार राशी चार लाख नौ हजार हुनेछ । प्रतियोगितामा फागुन ९ गतेभित्र नाम दर्ता गरिने र १० गते टाईसिट निकालिने छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो