सहिद स्मारक ए डिभिजन लिग

ए डिभिजन लिगः उद्घाटन खेलमा खुमलटार र फ्रेन्ड्स भिड्ने

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन  खेलमा नवप्रवेशी क्लब एफसी खुमलटारले फ्रेन्ड्स क्लबको सामना गर्ने भएको छ । त्रिपुरेश्वस्थित रंगशालामा  फागुन १९ मा हुने उद्घाटन खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एन्फा कम्प्लेक्समा  लिग डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पाँचौँ चरणसम्मको खेल तालिका सार्वजनिक गरेको हो ।

चर्च ब्वाइज युनाईटेड फुटबल क्लब र एफसी खुमलटारले यसै सिजनबाट शीर्ष डिभिजनको लिगमा डेब्यु गर्नेछन् । अघिल्लो संस्करणमा ब्रिगेड ब्वाइज तथा च्यासल युथ क्लब बी डिभिजनमा घटुवा भएका थिए । 

नवप्रवेशी चर्च ब्वाइजले   विभागीय टोली   नेपाल पुलिस क्लबसँग फागुन २० मा पहिलो खेल  खेल्नेछ । यसैगरी साबिकको विजेता मछिन्द्र फुटबल क्लबले फागुन २१ मा  जावलाखेल युथ क्लबसँग  खेल्दै लिगको सुरुआत गर्नेछ ।

मनाङ मर्स्याङदी क्लबले फागनु २० मा हिमालयन शेर्पा तथा थ्रीस्टारले पनि  २० गते नै विभागीय टोली  नेपाल एपिएफ विभागीय टोली सँग खेल्दै प्रतियोगिताको सूरुआत गर्नेछन् ।

यसैगरी फागुन २१ गते न्युरोड टिम (एनआरटी) ले सातदोबाटो तथा विभागीय टोली त्रिभुवन आर्मी विभागीय टोली  ले संकटा क्लबसँग प्रतिपर्धा गर्नेछन् । 

लिग त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । प्रतियोगितामा एकै दिन दुई खेल हुँदा दुई मैदानको प्रयो गरिनेछ भने तीन खेल हुँदा दुई खेल एकै समयमा खेलाइनेछ । 

यस पटकको लिगमा कुल एक सय ८२ खेल हुनेछ । लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

यस्तै मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले दुई लाख र उदयीमान खेलाडी एक लाख ५० हजार रुपैयाँ पाउने छन् ।

फेयर प्ले अवार्ड विजेताले तीन लाख पाउनेछ । प्रत्येक खेलको विजेता क्लबले म्याच मनिवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।