फिफा

रेफ्री र भिएआर अफिसियरको संवाद दर्शकले पनि सुन्न पाउने

पेरिस । रेफ्रीले भिडियो सहायक रेफ्री (भिएआर) को निर्णयबारे मैदानमा उपस्थित समर्थक र टेलिभिजन दर्शकका लागि विस्तृत रुपमा बुझाउनु पर्ने भएको छ ।

फिफाले आफ्नो आधिकारिक प्रतियोगितामा एक वर्षको परिक्षणका रुपमा यस्तो नियम लागु गर्न लागेको हो । जुन नियम फेर्बुअरीमा हुने क्लब विश्वकपबाट लागु गरिनेछ ।\

क्लब विश्वकप मोरक्कोले आयोजना गर्दैछ । यसअघि रेफ्रीले भिएआरको निर्णयबारे इसारा मात्र गर्थे । उनीहरुले भिएआरका अन्य अफिसियलसँग के कुरा गरिहेका थिए भने आम दर्शकले सुन्न पाउँदैन थिए । अब भने उनीहरुले भिएआर अफिसियलसँग गरेको संवाद सुन्न पाइने भएको हो । रेफ्रीले प्रयोग गर्ने माइक्रोफोनको आवाज अब मैदानमा उपस्थित दर्शक र टेलिभिजन हेरिरहेका दर्शकले सहजै सुन्न पाउनेछन ।