कोपा डेल रे

डिपेलाई स्वागत गर्न तयार छौः मोराटा

मड्रिड । एट्लेटिको मड्रिडका अल्भारो मोराटाले बार्सिलोनाका मेम्फिस डिपेलाई स्वागत गर्न तयार रहेको बताएका छन  ।

एट्लेटिको बुधबार लेभान्टेलाई २-० ले हराउदै कोपा डेल रेको क्वार्टरफाइनल प्रवेश गरेको थियो । एट्लेटिकोका लागि मोराटा र मार्कुस लोेरेन्टेले समान एक गोल गरेका थिए ।

नेदरल्यान्ड्सका स्ट्राइकर डिपेको अनुबन्धमा एट्लेटिकोसँगै इन्टर मिलानले पनि इच्छा देखाउँदै आएको छ । उनले यसै महिना क्पाम्प नोउ छोड्ने अनुमान गरिएको छ  ।

बार्सिलोनाले बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीलाई भित्राएसँगै डिपेले पहिलो रोजाईमा कमै मात्र अवसर पाइरहेका छन । यस सिजन उनले ला लिगाको दुई खेलमा मात्र पहिलो रोजाईमा अवसर पाएका छन ।

डिपे उत्कृष्ट खेलाडी हुन । हामी उनलाई एट्लेटिकोमा स्वागत गर्न तयार छौ । आशा छ उनले यहाँ धेरै अवसर पाउँछन र खुशी पनि हुनेछन ।