इङ्लिस प्रिमियर लिग

नयाँ स्ट्राइकरको खोजीमा युनाइटेड

लन्डन । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक इरिक टेन हागले जनवरी सरुवा बजारबाट टोलीमा नयाँ स्ट्राइकर भित्राउने तयारी गरेका छन् । 

टेन हाग र क्लब पदाधिकारी आफ्नो ओल्ड ट्राफोर्ड आगमनमा असन्तुष्ट रहेकाले क्रिस्टियानो रोनाल्डोले क्लबसँगको सम्झौता तोडेपछि  युनाइटेड नयाँ स्ट्राइकरको खोजीमा छ । 

युनाइटेडले नेदरल्यान्ड्सका कोडी गाप्को र पोर्चुगलका गोन्सालो रामोससँग संवाद अघि बढाएको छ । कतार विश्वकप २०२२ मा गाप्को र रामोसले समान तीन गोल गरेका थिए । रामोस जारी विश्वकपमा ह्याट्रिक पूरा गर्ने एक मात्र खेलाडी हुन् ।

‘हामी टोलीमा नयाँ स्ट्राइकरको खोजीमा छौ र हामीले गाप्को तथा रामोससँग छलफल अघि बढाइरहेका छौ’,टेन हागले भने, ‘तर उनीहरु सम्बन्धित क्लबबाट फुकुवा हुने सम्भावना न्युन छ । यद्धपी नयाँ स्ट्राइकर नआएको खण्डमा एन्थोनी मार्सियालले त्यो जिम्मेवारी सम्हाल्नेछन् । ’