एसिया रग्बी सेभेन यु–१८ पुरुष तथा महिला प्रतियोगिता

दक्षिण कोरिया र युएई च्याम्पियन

काठमाडौं । दक्षिण कोरिया र युएई एसिया रग्बी सेभेन यु–१८ पुरुष तथा महिला प्रतियोगिताको च्याम्पियन भएका छन् ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पुरुषतर्फको फाइनलमा दक्षिण कोरियाले युएईलाई २१–१७ ले निराश पार्दे च्याम्पियन बन्याे ।

आजै सम्पन्न अर्को खेलमा भारतलाई ३६–५ ले हराउँदै मलेसियाले तेस्रो स्थान हासिल गरेको छ । 

त्यस्तै थाइल्यान्डले चाइनिज ताइपेईलाई १९–० ले हराउँदै प्लेट च्याम्पियनसिपको उपाधि जित्यो ।

पुरुषतर्फ नेपाल अन्तिम खेलमा बंगलादेशलाई ७१–० ले हराउँदै सातौं स्थानमा रह्यो ।  

महिलातर्फको फाइनलमा युएईले भारतलाई २६–५ ले हराउँदै उपाधि जित्यो । त्यस्तै थाइल्यान्डले मलेसियालाई १९–७ ले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।

नेपाली महिला टोली भने जितबिहिन रह्यो ।

शनिबारबाट सुरु भएको प्रतियोगितमा पुरुषतर्फ नेपाल,भारत,बंगालादेश,थाइल्यान्ड मलेसिया,दक्षिण कोरिया,युएई र चाइनिज ताइपेई गरि आठ टोली तथा महिलातर्फ नेपाल,मलेसिया,भारत,युएई र मलेसियाको गरि पाँच टोलीको सहभागिता थियो ।