स्पेन

इनरिके विश्वकै उत्कृष्ट प्रशिक्षकः अल्बा

मड्रिड । स्पेनका जोर्डी अल्बाले प्रशिक्षक लुइस इनरिकेलाई विश्वकै उत्कृष्ट प्रशिक्षको संज्ञा दिएका छन् । 

इनरिकेको प्रशिक्षणमा अल्बाले सन् २०१४ देखी २०१७ सम्म बार्सिलोनामा खेलेका थिए । 

इनरिकको प्रशिक्षणमा स्पेन कतार विश्वकप २०२२ को उपाधि जित्ने लक्ष्यामा रहेको छ । इनरिकेको प्रशिक्षणमा स्पेनले २०२० को युरोपियन च्याम्पियनसिप २०२० को सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

‘म बार्सिलोना हुँदादेखी नै इनरिकेलाई चिन्छु’, अल्बाले भने, ‘उनले खेलाडीलाई विश्वास गर्छन । मेरा लागि उनी विश्वकै उत्कृष्ट प्रशिक्षक हुन् । उनी निकै सहयोगी पनि छन् ।’ 

समूह इ मा रहेको स्पेनले नोभेम्बर २३ मा कोस्टारिकाविरुद्ध पहिलो खेल खेल्नेछ भने नोभम्बर २८ मा जर्मनी र डिसेम्बर २ मा जापानको सामना गर्नेछ ।

आर्थिक समस्यामा परेको बार्सिलोनाले लियोनल मेसीको बर्हिगमनपछि अल्बासहित सेर्गी रोबेर्टो, जेरार्ड पिके र सर्जियो बुस्केटको तलब सुबिधा कटौती गरेको थियो ।जसका कारण उनले क्याम्प नोउ छोड्ने अनुमान गरिएको थियो । तर अल्बाले भने तत्काल बार्सिलोना छोड्ने योजना नभएको बताएका छन् ।