एक दिवसीय

नेपालको खराब सुरुआत

काठमाडौं । युएईविरुद्धको पहिलो एक दिवसीय खेलमा नेपालले खराब सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईले प्रस्तुत गरेको २ सय ६४ रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभरको समाप्तीमा ४१–४ को स्थितीमा खेलिरहेको छ ।

सातौ ओभरमा नेपालले २ विकेट गुमायो । ६.१ ओभरमा २८ रनमा ओपनर आरिफ शेखलाई गुमाएको नेपालले सोही ओभरको तेस्रो बलमा ज्ञानेन्द्र मल्ललाई गुमायो। मल्लले रन खाता खोल्न सकेनन् ।

कप्तान रोहित पौडेल र हरीशंकर शाहले पनि उल्लेख्य प्रदर्शन गर्न सकेनन् । पौडेलले मात्र १ रन जोडे भने हरीशंकले ८ रन जोडे । युएईका आयान अफ्जल खानले ३ विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङका लागि आएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६३ रनको योगफल तयार पारेको थियो ।
युएईका रोहन मुस्ताफाले ७३ बलमा ७ चौका मद्दतमा ५३ रन जोडे । त्यस्तै ओपनर ओपनर अरविन्द ४० रन बनाए ।

अरविन्दले पहिलो विकेटका लागि अर्को ओपनर मुहामेद वासिमसँग ७५ रनको साझेदारी गरेका थिए । वासिमले ४१ कलमा ६ चौका र १ छक्का मद्दतमा ४४ रन जोडे ।

नेपलका गुल्सन झाले २ तथा सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।