एक दिवसीय क्रिकेट

नेपाललाई युएईको २सय ६४ रनको लक्ष्य

काठमडौं । रोहन मुस्ताफाको अर्धशतकमद्दतमा युएईले पहिलो एक दिवसीय खेलमा नेपालामु जितका लागि २सय ६४  रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि आएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६३ रनको योगफल खडा गर्यो । 

७७–२ को स्थितीमा ब्याटिङका लागि आएका मुस्ताफा ७३ बलमा ७ चौका मद्दतमा  ५३ रन बनाए । त्यस्तै ओपनर ओपनर अरविन्द ४० रन बनाए ।

अरविन्दले पहिलो विकेटका लागि अर्को ओपनर मुहामेद वासिमसँग ७५ रनको साझेदारी गरेका थिए । वासिमले ४१ कलमा ६ चौका र १ छक्का मद्दतमा ४४ रन जोडे ।

नेपलका गुल्सन झाले २ तथा सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

नेपाल डिसेम्बरमा आइसिसी विश्वकप क्रिकेट लिग टु का लागि नामिबिया भ्रमणमा जाँदैछ । त्यसैले युएईविरुद्धको शृंखलालाई नेपालले अभ्यासको रुपमा लिएको छ ।

तीन एक दिवसीय शृंखलाअन्तर्गत दोस्रो खेल बुधबार र अन्तिम खेल शुक्रबार हुनेछ ।

रोहित पौडेलको कप्तानीमा नेपालले खेल्न लागेको यो पहिलो खेल हो । उनी शुक्रबार मात्र कप्तानमा नियुक्त भएका थिए ।

युएईविरुद्धको खेलसँगै अर्जुन साउद र हरीशंकर शहले नेपालबाट एक दिवसीय क्रिकेटमा डेब्यु गरेका छन् ।